नियम ६०
सरुवा हुँदा श्रमिकले पाउने सुविधा
(१) प्रतिष्ठानमा कार्यरत श्रमिकलाई साविकको कार्यस्थलबाट अर्को कार्यस्थलमा सरुवा गर्दा रोजगारदाताले देहाय बमोजिम सुविधा दिनु पर्नेछः-
(क) सरुवा भई जाने स्थानसम्म श्रमिकले आफ्नो मालसमान लैजाँदा लाग्ने यातायात भाडा बापतको खर्च,
(ख) सरूवा भर्इ गएको स्थानमा बासस्थान व्यवस्थापनको लागि एक महिनाको पारिश्रमिक बराबरको रकम ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि श्रमिकलार्इ सरुवा भएको स्थानसम्म जाँदा लाग्ने यातायात खर्च तथा त्यस्तो ठाउँमा बस्ने बसोबासको व्यवस्था रोजगारदाताले नै गरेकोमा त्यस्तो श्रमिकलार्इ यातायात र बासस्थान बापत थप खर्च दिनु पर्ने छैन।
(३) सरूवा हुने श्रमिक र निजका आश्रित परिवारका सदस्यहरुलाई विनियमावलीमा उल्लेख भएबमोजिम दैनिक तथा भ्रमण खर्च उपलब्ध गराउनु पर्नेछ।
(४) सरूवा हुने श्रमिकलार्इ निजको स्थायी बासस्थान वा निज कार्यरत स्थान भन्दा बाहिर सरूवा गरी पठाउँदा श्रमिकको सेवा शर्त सम्बन्धी विनियमावलीमा उल्लेख भए बमोजिम बेजिल्ला भत्ता (आउट स्टेशन एलाउन्स) दिनु पर्नेछ।
(५) यस नियममा अन्यत्र जुनसुकै कुरा उल्लेख भए तापनि आफ्नो बासस्थानबाट दैनिक रूपमा सहजै कार्यस्थलमा आवतजावत गर्न सकिने एकै स्थानको क्षेत्रको एक कार्यस्थलबाट अर्को कार्यस्थलमा वा श्रमिक आफैले सरुवा मागी गएको अवस्थामा निजलार्इ रोजगारदाताले यस नियम बमोजिमको थप सुविधा दिनु पर्ने छैन।